मोदीको नेपाल भ्रमण: एक गोलीबाट चार सिकारको प्रयास

474

प्रकाशित मिति:8:24:08 am, August 07, 2014

  • अग्निपुन्ज

१७बर्ष पछी पहिलो हुदै नेपाल आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदुइ दिने अति व्यस्त कार्यतालिका पुरा गरि स्वदेश फर्कीसकेका छन् | भ्रमणलाई चर्चित तुल्याउन र राजनीतिक रुपमा यसलाई विश्वबजारीकरण गर्नथुप्रै स्वदेशी तथा बिदेशी मेडिया हाउस लगाएत दुवै देशका ‘हाई प्रोफाइलकम्युनिटी’ लाई भरपुर मात्रामा परिचालन गरि सुरु गरिएको नेपाल भ्रमण योजनाअनुसार नै बहु-चर्चित र ऐतिहासिक बन्न सफल भएको छ |

दुइ दिने नेपाल भ्रमणको क्रममा उनले जस्तोहाउ-भाउ देखाए, ति सबै कुराहरुबाट उनले एकै साथ् चारै तिर कुटनीतिक प्रहारगर्न सफल भएको विश्लेषण गर्न सकिन्छ |

सामान्यतया सर्व साधारणको आँखा बाट हेर्दाउनको यो भ्रमण पश्चात नेपालले उनलाई धन्यबाद दिनुपर्ने धेरै ठाउँहरुभेटिएका छन् यद्यपि अति सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने मोदीले योभ्रमणलाई भारतको राष्ट्रिय स्वार्थ सिद्द गर्न नै बढी केन्द्रित गरेको कुराकुटनीतिक क्षेत्रको अति सामान्य व्यक्तिले पनि सजिलै अनुमान लगाउन सक्छ | बिशेष गरिकन उनको यो ऐतिहासिक भ्रमणमा एउटा मात्र गोलि खर्च गरि एकै पटकचार कुटनीतिक सिकार गर्न तर्फ केन्द्रित भएको यो पंतिकारको विश्लेषण छ |

सिकार नम्बर एक-रक्षात्मक अवस्थामा नेपाली राष्ट्रबाद:

झन्डै चार दशक देखि कालापानीको नेपालीभू-भाग कब्जा गरि बसेका भारतीय सेनाहरुको पुरानो समस्या, नवलपरासीकोसुस्ताका कतिपय बासिन्दाको उठिबास, सिमा सम्बन्धि बिबाद, भारतले निर्माणगरेका बाँधहरुको कारण हरेक बर्ष जस्तो तराईका नेपालीहरुले भोग्नु पर्नेडुवानको समस्या र पछिल्लो पटक  भारतले पेश गरेको नेपाल संगको सम्भावितउर्जा सम्झौताको ‘ड्राफ्ट पेपर’ को मुद्दाले नेपाली सर्बसाधारणमाझ‘भारतीयक्रेज’ लाई संकटमा पारेको थियो | यो संकटको पुरै अन्त्य वा यसलाई भरपुरमात्रामा कम नगरिकन नेपाल माथिको भारतीय चासो पुरा नहुने कुरामा मोदी एकदमसचेत र प्रष्ट देखिए |

सर्बसाधारण नेपालीहरुको स्पन्दन जितेपछिमात्रै उनीहरुको भारत बिरोधि मानसिकता स्वतः अन्त्य हुने ‘रास्नलक्यालकुलेसन’ अर्थात् बिबेकपूर्ण जोड-घटाउ गर्दै राजधानीका दायाँ-बायाँउभिएका सर्ब-साधारण जनता संग हात मिलाउने र अभिबादन गर्ने रोचक कार्य बाटसुरु भयो उनको भ्रमण | सयौं सर्ब-साधारणले मोदी संग हात मिलाइरहेको रमोदीको पक्षमा नाराबाजी गरिरहेको दृश्य एकैपटक भारतीय च्यानलहरुबाट संसारभरप्रशारन हुन गयो | नेपालमाथिको भारतीय थिचो-मिचोको बारेमा जानकार विश्वसमुदायको दृष्टिकोणमा पुरै परिवर्तन ल्याउन तर्फ लक्षित उनको यो शैली धेरैहदसम्म सफल देखियो |

अर्कातिर साउथ यसियाका अन्य देशहरु बिशेषगरि चिनलाई भारतमाथि नेपालीहरुको अगाध आश्थाको बिजारोपण भैसकेको कुरादेखाएर उसलाई तर्साउने उनको रणनीति धेर-थोर सफल भएको कुरा चीनका राष्ट्रियसमाचारहरुमा मोदीको नेपाल भ्रमणले राम्रै स्थान पाएबाट प्रष्ट भएको छ | अनिनेपालीहरुको आक्रामक भारत बिरोधि मानसिकता १८० डिग्रीमा बदलिनु र फलस्वरूपनेपालको सत्ता संगको आगामी ‘डिलिंग’को समयमा बिगत जस्तो नेपाली जन-मानसकोचर्को प्रतिरोध देखा नपर्ने माहोल तयार भएको जस्तो देखिनु नै मोदीको लागिउनले अपनाएको ‘पब्लिक डिप्लोम्यासी’ (जसलाई अनौपचारिक कुटनीति भनिन्छ) कोसबैभन्दा ठुलो उपलब्धि बन्न गएको छ | परन्तु, नेपालीहरुको बिगतको आक्रामकराष्ट्रबादलाई मोदीको यो शैलीले रक्षात्मक बनाउन सफल भएको आंकलन गर्नसकिन्छ |

सिकार नम्बर दुई- मोदी डक्ट्रिन’ द्वारा साउथ एसिया घेराउ:

अबको केहि दशकमा विश्वको आर्थिक रराजनीतिक केन्द्रबिन्दु एसिया तिर ‘शिफ्ट’ हुने कुरा राजनीति शाश्त्रकाज्ञाताहरुले भविष्यबाणी गरिसकेका छन् | ‘अमेरिकि-युरोप जोन’ को मन्द पतन रएसियाको तिब्र उत्थानले पनि यहि कुरालाई बिस्तारै प्रमाणित गर्दै गैरहेको छ |

मुख्यतया दक्षिण कोरिया, मलेसिया, यु.ए.इ.र सिंगापुर जस्ता देशहरुको तिब्र आर्थिक विकास अनि जापान जस्तो पुरानोबलियो अर्थतन्त्रको अझैं सानदार टिकाउ भन्दा अझ अघि बढेर चिन र भारतलेकमाएको राजनीतिक र आर्थिक विश्व शक्तिले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनकोमियो एसिया तिर सर्दै गएको कुरामा धेरै शंका गर्नु पर्ने ठाउँ देखिदैन | तरयो बिचमा यसिया भित्रैको शक्ति सन्तुलन र शक्ति संघर्षले एसिया केन्द्रितबन्दै गैरहेको एक्काइशौं सताब्दीको विश्वलाई कसले नेतृत्व प्रदान गर्नेभन्ने मुद्दा भने प्रधान बन्दै गएको छ |

अपेक्षा गरे भन्दा कुटनीतिक र राजनीतिकरुपमा केहि कमजोर जस्तो देखिने मनमोहन सिंहको दिल्ली प्रशाशनलाई नजिक बाटनियालिरहेका मोदीमा चिनिया नेता सी-जिनपिंग लाई उछिन्दै यसियाको नेता हुने रयसिया केन्द्रित ‘ग्लोबल पावर’ को नेतृत्व गर्ने महत्वाकांक्षा हुनुनितान्त स्वाभाविक हो | संसार भर फैलिदै गएको चिनिया ‘सफ्ट डिप्लोम्यासी रउसको हार्ड इन्ट्रेस्ट’ लाई काउन्टर नदिएर भारतले चिन संग प्रतिस्पर्धागर्न र उसलाई उछिन्न नसक्ने कुराबाट मोदी अनभिज्ञ हुने कुरै भएन |

यी दुवै कुरा एकसाथ प्राप्त गर्ने सबैभन्दा उत्तम बाटो भनेकै कम्तिमा दक्षिण यसिया र बाँकी यसियाली राष्ट्रहरुमाबिस्तारै चिन प्रभावित‘सेन्टिमेन्ट’ लाई आफु प्रभावित तुल्याउनु नै हो | त्यसको सुरुवात मोदीले केहि महिना अघिको भुटान भ्रमणबाट गरिसकेका छन् रनेपालमा यसले निरन्तरता मात्रै पाएको हो | अरु देशका जनताको ‘सेन्टिमेन्ट’ कब्जा गर्नलाई त्यति सजिलो त थिएन तर मोदी जस्तो अरुको नाडीको‘पल्स’ नाप्नसक्ने खुबी भएका नेतालाई त्यो त्यति गाह्रो हुने कुरा पनि भएन | त्यसैलेउनले नेपाल र नेपाली जनताको सेन्टिमेन्ट पुरै केन्द्रिकृत भएको ‘भगवान’ गौतम बुद्दको प्रसंग कोट्याउने मात्र काम गरेनन्, संबिधान सभाको बैठकमा नौपटक बुद्दको भुमि नेपाल भनेर एकै शब्दले चिन प्रति अलि नरम नेपाली ‘सेन्टिमेन्ट’ लाई पुरै भारत केन्द्रित बनाउन सफल रहे |

स्मरण रहोस्, उनले केहि बर्ष अघि गुजरातकोमुख्यमन्त्री हुँदा “जब हिन्दुस्थानलाई बुद्दको जरुरत पर्यो, तब बिहारलेहामीलाई बुद्द दियो”भन्ने बिबादास्पद भाषण गरेका थिए |  त्यसको गलत प्रभावसकिन नपाउदै मोदीले नेपाल आएर बुद्दको भुमि भनि नौ पटक उच्चारण गर्नुभनेको ‘छिमेकी देशको भूगोल र प्राकृतिक साधन श्रोत कब्जा गर्ने भारतीयपुरानो छिमेक नीतिको सट्टामा ‘पहिले दिल कब्जा गर,जमिन र श्रोत स्वतःकब्जा हुन्छ’ भन्ने ‘मोदी-स्टाइल’ लाई सतहमा ल्याउन खोजेको अनुमान गर्नसकिन्छ |

पुरै छिमेकी राष्ट्रहरुमा यस्तो खालकोअभियान चाल्ने र सिमा जोडिएका सबै राष्ट्र र जनतालाई भारतमुखी बनाई उनीहरुसंगको चिनिया सम्बन्धलाई क्षेयिकरण गर्दै साउथ यसिया र बाँकी यसियालाई नैभारतमय बनाउने अघोशित ‘मोदी डक्ट्रिन’ द्वारा पुरै साउथ यसिया घेराउ गर्नेउनको सुरुवाती अभियानले मुर्त रुप पाएको होकी भन्न सकिएला |

सिकार नम्बर तिन-गोर्खाल्याण्ड लाई अर्थपूर्ण संदेश:

नेपालमा मधेशकेन्द्रित ‘सेन्टिमेन्ट’लेउच्च रुप लिनु भन्दा पहिलेकै राजनीतिक मुद्दा हो, दार्जिलिंगकोगोर्खाल्याण्ड आन्दोलनको उठान |दशकौं देखि दार्जिलिंगका नेपाल भाषीहरुलेआफ्नो पहिचानको निम्ति ठुलो संघर्ष गरेको मात्रै होइन, त्यहाँ थुप्रै सहादतसमेत भैसकेको अवस्था छ | बिशेष गरि भारतमा नेपाली भाषीहरुलाई गरिएकोविभेद, थिचो-मिचो र ब्रिटिश उपनिवेशकालिन भारतका जनता बराबरको समानसहभागिता, अवसर र पहिचान केन्द्रित बन्दै आयो यो मुद्दा लामो समयदेखि |

समयक्रममा नेपालको तराईमा पनि त्यहाँकानेपाली नागरिकहरुको भाषिक, सांस्कृतिक र भौगोलिक पहिचान अनि समान अवसर, सहभागिता र पहाडी मुलका नेपाली नागरिक बराबरको अधिकारको मुद्दालाई उठान गरिआत्मनिर्णयको अधिकार सहितको एक मधेश, एक प्रदेशको बिजारोपण भयो |

दार्जिलिंगको गोर्खाल्याण्ड र नेपालकोमधेश प्रदेशको मुद्दा बीच कुनै खालको सम्बन्ध नभएतापनि पनि यिनीहरुकोप्रकृति धेरै हदसम्म मिल्न जान्छ |

देशभित्र राजनीतिक, साँस्कृतिक र भाषिकद्वन्दले उच्च रुप लिदै गयो भने भारतको ‘ग्लोबल पावर’ बन्ने दिर्घकालिनराष्ट्रिय शंकल्प असफल हुने कुरा मोदीले धेरै राम्रो संग जानकारी राख्दछन् | एकातिर नेपाल र नेपालीको दिल जित्नु पर्ने, अर्कातिर दार्जिलिंगकोगोर्खाल्यान्डको मुद्दालाई पनि बडो सालिनता पुर्बक सुल्टाउनु पर्ने | यीदुवै कुरा मोदीले एउटा अभिव्यक्तिले नै पुरा गर्ने रणनीति बमोजिम नेपालकातराई केन्द्रित राजनीतिक दलका नेताहरुलाई नेपाली भएर सोच्न र नेपालको पहाडबिरोधि मानसिकता परित्याग गर्न सुझाए |

नेपालको कुनै मधेस, पुर्ब वा पश्चिमकोछुट्टा छुट्टै बिकास होइन कि भारतले चाहेको समग्र नेपालको हित र विकास होभन्ने कुराको संदेश प्रष्ट भाषामा दिन भ्याए, जुन नेपालको लागि निकैसकारात्मक र भारतका सरकार प्रमुखले दिने गरेका दुर्लभ अभिव्यक्ति मध्ये एकहो |यसबाट उनले नेपालीहरुको मन त जरुर जितेका छन्, संग संगै दार्जिलिंगबासि नेपाली भाषीहरुलाई पनि समग्र भारतको कायापलट गर्न तर्फ सबै नेपालीभाषी र अन्य भाषी भारतीय नागरिकहरु एक हौँ भन्ने संदेश दिएका छन् |

सिकार नम्बर चार-नेपालको सम्पदा संगको दिल्लीको नाता:

अन्ततः भारतको समृदी र बिकास उसका छिमेकीदेशहरुको राष्ट्रिय सम्पदाको भरपुर उपयोग र परिचालनमा निर्भर भएको कुरामामोदी प्रष्ट छन् | आफ्नो अध्याँरो हटाउन भारतले भुटानको समेतजलबिद्दुत-शक्तिको प्रयोग गर्दै आइरहँदा अब उसको उर्जा समस्या त्यतिले हल्नगर्ने स्थिति छ | त्यो अवस्थामा नेपालको सबै भन्दा शक्तिशाली प्राकृतिकसम्पदा जलश्रोतको भरपुर उपयोगको ग्यारेन्टी उनको मुख्य चासोको बिषय भएकोकुरा मोदीले संसदमा सम्बोधन गर्दा बारम्बार दोहोर्याए |

तर नेपालको जलस्रोतको उपयोग भारतले भुटानजस्तो सजिलै गर्न सक्ने स्थिति थिएन | यो कुरालाई सहज तुल्याउन पनि मोदीलेनेपाली नेता र जनताको दिलको कुरा गर्न अनिबार्य थियो र उनले त्यहि गरे | नेपालको संबिधान निर्माण प्रक्रिया सफलतामा टुंगियो भने संसारले नेपालबाटपाठ सिक्ने छ भन्ने देखि लिएर जनयुद्द हाँकेका प्रचण्डलाई महान कामको श्रेयदिन समेत उनि पछी परेनन्, यो उनको ‘फर्मल डिप्लोम्यासी’ थियो भनेकाठमाडौँका जनतासंगको अभिबादन साटासाट गर्ने कार्य ‘इन्फर्मल डिप्लोम्यासी’ |

नेपालको उर्जा प्रयोगमा जहाँ-जहाँ बाटखतरा थियो, ति सबै क्षेत्रमा उनले बडो सालिनता पुर्बक कुटनीतिक प्रहारगरेका छन् र आगामी दिनहरुमा उनले आफ्नो देशको राष्ट्रिय स्वार्थ पुरा गर्नयो कुटनीतिक लडाई जारि राख्ने छन्, चाही त्यो नेपालमा होस् वा दक्षिणयसियामा |स्मरण रहोस्, भारतले छिमेकी राष्ट्रहरुमा जुन क्षेत्रको बिकासहुदाँ भारतको तिब्र बिकास हुन्छ, उसले चासो राख्ने भनेको त्यहि मात्रक्षेत्र हो भन्ने कुरामा कसैलाई भ्रम नरहोस् |

समग्रमा उनले नेपालमा आएर जे बोले, त्योऐतिहासिक छ | नेपाल-भारत सम्बन्धलाई बदलिएको विश्व परिवेश अनुसार राजनीतिक रअति उच्च कुटनीतिक तहमा बिकास गर्ने उनको प्रयास नितान्त सह्रानीय छ | नेपाललाई शब्दबाट मात्र भएपनि उनले जुन सम्मानको भाव देखाएका छन्, त्यसलाईसलाम गर्नै पर्छ | तर पनि कुटनीतिमा नबोलेको भित्रि कुरा हुन्छ र गरिन्छ | यसतर्फ भने सचेततापुर्बक भोलिको काम र परिणाम पर्खिनु बाहेक अर्को बिकल्पदेखिदैन |

agnipunja@yahoo.com