MIRD in Media

MIRD in Media

 

TU to set up Himalayan research center

Kathmandu, March 22

Tribhuvan University is all set to establish Trans-Himalayan Research Centre to conduct research on socio-economic, cultural, security and other aspects of Himalayan ranges stretching from South-Central Asia to Latin America.The establishment of THRC is part of a memorandum of understanding signed between the TU and Sichuan University in China in December 2015 regarding exchange of teachers, researchers, students, and scientific research cooperation.

Dr Khadga KC, coordinator, Master’s programme in International Relations and Diplomacy, today said not only Nepali students but also students from China, India and many other countries will be able to study various aspects of the Himalayan ranges at the centre.

“The main objective of THRC is knowledge production through research on trans-Himalayan range and academic exchange,” Dr KC said, adding, “We are also planning to develop the centre as data bank for Himalayan ranges across the globe.”

He informed that researchers will study various aspects of the Himalayan ranges such as anthropology, culture, population, linguistics, connectivity, social political economy and ecology.“These researches will help bring about prosperity of people in the Himalayan range,” he mentioned.

TU has currently formed a five-member executive committee under the chairmanship of Prof Chintamani Pokharel, dean, Faculty of Humanities and Social Sciences, TU for the purpose of establishing the centre.

Other members of the committee are Prof Ram Chandra Dhakal, Bimala Shakya and Prof Bhim Subedi.

Similarly, an advisory board comprising Vice Chancellor Tirtha Raj Khaniya, Prof Sudha Tripathi, Dilli Ram Upreti , Prof Bishwombar Pyakurel, Prof Surya Lal Amatya, former chief secretary Lila Mani Poudel, Govinda Nepal and Dr Dilli Raj Khanal has also been formed.

A version of this article appears in print on March 23, 2016 of The Himalayan Times.


 

 कसरी बन्ने कूटनीतिज्ञ ?

                               

 
डा. खड्ग केसी
कार्यक्रम संयोजक, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति कार्यक्रम, त्रिवि


नेपालको एउटा विश्वविद्यालयमा मात्र पढाइ हुने ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषय अध्ययनमा विद्यार्थीको आकर्षण धेरै छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गराउँदै आएको छ । विद्यार्थीको रुचिको यो विषय त्रिविले पढाउन थालेपछि कूटनीति अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतासमेत हटेको छ । त्रिविले अध्यापन गराउने अरू विषयमा विद्यार्थी संख्या निर्धारित कोटाभन्दा ज्यादै न्यून छ । तर, ५० जना विद्यार्थीको कोटा छुट्याइएको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई सयभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने गरेका छन् । सीमित कोटा भएका कारण धेरै इच्छुक विद्यार्थीले यो विषय पढेर भविष्यमा कूटनीतिक क्षेत्रमा लाग्ने अवसर पाएका छैनन् ।
नेपालमा दुई वर्ष अघिदेखि कूटनीति विषयको औपचारिक अध्यापन सुरु भएको हो । तर, विश्वबजारमा एक सय वर्ष पहिलेदेखि नै कूटनीति सम्बन्धका विषयमा पढाइ सुरु भइरहेको छ । युरोपमा एक सय वर्षपहिले अन्तर्राष्ट्रिय सम्बन्धको पढाइ सुरु भएको थियो । त्यस्तै, औपनिवेशिक देशहरूले सन् १९५० देखि यो विषय पढाउँदै आएका छन् । 
हाम्रो उद्देश्य राज्यलाई चाहिने जनशक्ति उत्पादन गर्ने हो । सक्षम कूटनीतिज्ञ उत्पादन गर्न र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान परिस्कृत गर्न यो विषयको अध्ययन आवश्यक छ । 
त्रिविले २०३० सालमा नै राजनीतिशास्त्रभन्दा फरक रूपमा यो विषय अध्यापन गराउने प्रयत्न गरेको थियो । तर, दुई वर्ष अघिदेखि मात्र पढाइ सुरु गर्ने अनुमति प्राप्त गरेको हो । 
नयाँ र एक मात्र कार्यक्रम भएकाले विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि क्षेत्रका विद्यार्थीको पनि यो विषयमा आकर्षण छ । स्नातक पढ्न विदेश गएकाहरू पनि अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका लागि नेपाल आउने गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्रनीति र कूटनीति सञ्चालकका लागि आधारभूत शास्त्रीय ज्ञान प्राप्त गर्न यो विषय महत्त्वपूर्ण छ । अन्तर्राष्ट्रिय सम्बन्ध विषयलाई सामाजिक शास्त्रको एउटा विधाको रूपमा समेत लिने गरिन्छ । 
विभागमा गेस्ट लेक्चरका रूपमा नेपालस्थित विभिन्न मुलुकका राजदूत, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू, नेपाली पूर्वकूटनीतिज्ञ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखलाई पनि सामेल गराइएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा सक्रिय व्यक्तिका अनुभव र कूटनीतिक कौशलसमेत सिक्ने अवसर विभागले जुराएको छ । यसका साथै, नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषयमा विभागले सेमिनार आयोजना गर्ने र अध्ययनरत विद्यार्थीलाई त्यसमा सामेल गराएर उनीहरूलाई कूटनीतिक क्षेत्रमा लाग्न थप प्रोत्साहनसमेत गर्दै आएको छ ।

कस्ता विद्यार्थीले पढ्ने ?
स्नातक तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएकाले मात्र प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् । 
अंग्रेजी राम्रो भएको व्यक्ति यो बिषय अध्ययन गर्न आउँदा राम्रो हुन्छ । 
स्नातकमा अंग्रेजी विषय अध्ययन गरेकालाई सजिलो हुन्छ । तर, क्षमता भएमा जुनसुकै क्षेत्रबाट आए पनि हुन्छ ।
कूटनीतिक सेवा, निजामतीमा परराष्ट्र सेवा तथा गैरसरकारी क्षेत्रमा काम गर्न चाहनेहरूका लागि यो विषय उपयुक्त हुन्छ ।
सैद्धान्तिक कुराहरूमा रुचि भएको, अन्तर्राष्ट्रिय कूटनीति, अर्थशास्त्र, बसाइँसराइलगायतका क्षेत्रमा रुचि भएका व्यक्तिहरूलाई पनि यो विषय राम्रो हुन्छ
त्रिविको कोर्स साना राष्ट्रको सुरक्षामा केन्द्रित भएकाले यसमा रुचि हुनेहरूलाई अझ राम्रो हुन्छ

कहाँ पाइन्छ अवसर ?
अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्नेहरूको प्रमुख आकर्षण नेपाल सरकारअन्तर्गतको परराष्ट्र सेवा नै हुन्छ । यो विषय अध्ययन गर्न आउने अधिकांश विद्यार्थी कूटनीतिक क्षेत्रमा जान चाहन्छन् । त्यस्तै, विभिन्न एनजिओ, आइएनजिओमा पनि यस्ता विद्यार्थीको माग हुने गर्दछ । त्यसैगरी, विभिन्न कलेजहरूमा शिक्षकका रूपमा पनि अवसर प्राप्त गर्न सक्छन् । यो विषय पढ्दै गर्दा पनि राम्रो एक्सपोजर पाइन्छ । त्रिविले काठमाडौंमा भएका कूटनीतिक नियोग भारत, अमेरिकालगाएतका कार्यालयमा इन्टर्नसिपमा पठाउने व्यवस्थासमेत गरेको छ । त्यसैगरी, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, नेपालस्थित विभिन्न दूतावासहरूले पनि इन्टर्नसिपको व्यवस्था मिलाएका छन् । चौथो सेमेस्टरका विद्यार्थीका लागि भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा पनि इन्टर्नको अफर छ ।


अध्ययनमा खर्च कति ?
त्रिविले चार सेमेस्टरमा अध्यापन हुने यो विषयमा जम्मा एक लाख ५० हजार शुल्क निर्धारण गरेको छ । विद्यार्थीले सेमेस्टरपिच्छे किस्ताबन्दीमा शुल्क तिरेर अध्ययन गर्न सक्नेछन् । अध्ययन सकिएपछि प्रवेश गरेको सेवा र क्षमताअनुसार विद्यार्थीले आम्दानी गर्न सक्छन् ।

 

नयाँ पत्रीका 

मंगलबार १८ फागुन २०७२ मा प्रकाशीत  

 


 

 

 

News Published on 12 July 2014 (28 Asar, 2071) Naya Patrika

News published on 24 Jun 2014 www.nagariknws.com

'विकासकोलागि स्थानीय सरकार आवस्यक'

·         24 Jun 2014 | 18:12pm अशोकपौडेल

'विकासको लागि स्थानीय सरकार आवस्यक'

काठमाडौं-नेपालकालागि जर्मनराजदुत फ्रायांक माइकले विकास र स्थायित्वका लागि स्थानीय निर्वाचन आवस्यक रहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत बैदेशिक सम्वन्ध तथा कुटनितिक विभागले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै राजदुत मिकले स्थानीय निकाय भए वाह्य लगानी भित्र्याउन सहज हुने बताए।माइकले नेपालको स्थानीय सरकारलाई पहिले देखिनै सहयोग गर्दै आएको जनाउँदै युरोपेलि युनियनले समयमै संविधान स्थानीय सरकार चाहेको बताए।

कार्यक्रममा मानविकि शास्त्रका डिन चिन्तामणी पोखरेले बैदेशिक सम्वन्ध विषयले दक्षिणए सियामा 'थिङट्याङक'को रुपमा काम गर्न चाहेको बताए।

- See more at: http://www.nagariknews.com/politics/story/20193.html#sthash.xyU0eyzX.dpuf

News published on 11 Asar 2071, Nayapatrika Daily

 

Published on Kantipur Daily

 

Published on The Kathmandu Post

थारु युवाहरुको अगुवाइमा सुरु भएको राहत संकलन अभियानमा हालसम्म दुई लाख ४८ हजार ३ सय ७८  संकलन भएको छ। त्यस्तै अत्याधिक मात्रामा जिन्सी सामानसमेत संकलन भएको छ। आइतबारमात्र थारू एराउन्ड दी वर्ल्ड अमेरिका च्याप्टरका भोजेन्द्र चौधरीमार्फत् ६३ हजार ९ सय ४९ रुपियाँ संकलन भएको छ। 
त्यस्तै दुबई बस्ने जगुराम चौधरीले २५ हजार ९ सय ५५ रुपियाँ जम्मा गरेका छन्। आइतबारै त्रिभुवन विश्वविद्यालयको मानविकी संकायअन्तर्गत वैदेशिक सम्बन्ध र कूटनीतिक (एमआइआरडी)का स्नातकोत्तर तहका विद्यार्थी र शिक्षकले दस हजार ८ सय १५ रुपियाँ जम्मा गरेका छन्। एमआरआइडी कार्यक्रमका संयोजक खड्ग केसी र विद्यार्थी रेखा बुढाथोकीले संयुक्तरुपमा राहत संकलन अभियानकाका अभियानकर्ता मदन चौधरी र थारु विद्यार्थी समाज उपत्यका समितिका सचिव बिमल चौधरीलाई नगद हस्तान्तरण गरे। डिपार्टमेन्टका विद्यार्थीले लत्ताकपडासमेत जम्मा गरेका छन्। कलेजका अशोक पौडेलको अगुवाईमा त्यहाँका विद्यार्थीहरुले राहत संकलन अभियानमा सहभागी बनेका थिए।

राज्यले उपेक्षा गरिरहेको बेला युवाहरुले चालेको कदम एकदमै सराहनीय भएको शिक्षक खड्ग केसीले बताए। उनले राज्यबाट हुन नसकेका कामहरु यस्तै युवाहरुले गर्नुपर्ने सुझाव दिए।

Our Menus